Logo
|
Sunday 24th October 2021
E-paper Magazine

स्टार हस्पिटलमा कोभिड र नन् कोभिड बिरामीको सम्पूर्ण उपचार सेवा उपलब्ध



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले कोरोना संक्रमित र अन्य रोगका बिरामीहरुका लागि छुट्टा छुट्टै अन्तरंङ्ग र वहिरंग सेवा सञ्चालन भइरहेको जनाएको छ ।


हाल कोरोना संक्रमित बिरामी मात्र नभएर नियमित स्वास्थ्य जाँच गर्ने, शल्यक्रिया गर्ने र गम्भिर प्रकृतिका बिरामीहरु सघन उपचार कक्षमा भर्ना हुने संख्या बृद्धि भएकाले छुट्टा छुट्टै सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।


अस्पताल प्रशासनका अनुसार ओपिडी सेवा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र अन्य सम्पूर्ण सेवा चौविसै घण्टा सुचारु रहने छ ।

प्रतिक्रिया दिनुहोस्