
जनस्वास्थ्य सरोकार । आँपलाई फलफुलको राजा पनि भन्ने गरिन्छ । आँप धेरैलाई मनपर्ने गर्छ । खाँदा निकै मिठो हुने आँप स्वास्थयको लागि पनि फाइदाजनक छ । काँचोमा अमिलो र पाकेपछि गुलियो हुने आँप धेरैको रोजाइमा पर्छ ।
आँपका हरेक भागमा औषधीय गुण पनि हुन्छ । प्रशस्त प्रोटिन, फ्याट, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर लगायतका तत्वहरु पाइने आँपले धेरै प्रकारका रोग लाग्नबाट बचाउँछ ।
आँपको सेवनले पेट सम्बन्धी हरेक समस्याहरू समाधान हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिस हुनबाट बचाउछ । यसको सेवन गर्ने गरेमा हाम्रो मुटु बलियो हुन्छ ।
प्रशस्त यसमा आइरन पाइने हुँनाले शरीरमा रगत बढाउन सहयोग गर्छ । यसमा पेट सफा गर्ने गुण हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसबाट टाढा राख्छ । आँपको सेवनले आँखा तेजिलो बनाउने, स्मरण शक्ति बढाउने लगायत रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
