Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो, कुन बार कुन पसल खोल्न पाइन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको उपत्यकाका तीन ओटै जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थपेर खुकुलो बनाउने निर्णय गरेको हो । जसमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । भने बार अनुसार पसलहरु खोल्न दिने निर्णय समेत भएको छ ।

अब आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने भएको छ । यस्तै सोमबार, बुधबार र शुक्रबार बहान ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने छन् ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू भो दैनिक बिहान ११ बजेसम्ममात्र खोल्न पाइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। भने निर्माण सामग्रीका पसलहरू हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो पालो गरी खुला गर्नुपर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्