जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकभर छरिएर रहेका २१ हजार भन्दा बढी औषधि व्यवसायीहरुको छाता संगठन नेपाल औषधि व्यवसायी संघ ४८ औं वर्षमा प्रवेश गरेको छ ।

संघको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, अञ्चल कार्यसमिति र जिल्ला शाखा कार्यसमितिहरुले विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस भव्य रुपमा मनाइरहेका छन् ।
आम नागरिकको स्वास्थ्य सुरक्षामा क्रियाशील औषधि व्यवसायीहरु कोभिड–१९ रोगको विषम परिस्थिति लकडाउन, निषेधाज्ञाको समयमा पनि मिर्मिरे उज्योलो भएसँगै औषधि पसल खोली अहोरात्र फ्रण्ट लाईनमा बसेर आम विरामीलाई सेवा प्रदान गरिरहेका छन् ।
संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले देशैभर औषधि अभाव हुन नदिई विरामीको रोग र औषधिको उपलब्धता साथै मूल्य एकरुपता कायम गर्दै औषधि पसलरफर्म सञ्चालन गरी आफ्नो दायित्व निर्वाह गर्नुभएका सम्पूर्ण औषधि व्यवसायी मित्रहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघ २०३० साल असार १० गते स्थापना भएको थियो ।

पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएन
बुधबार, चैत २०, २०८१
अस्पतालको स्तरोन्नति र सेवा विस्तार गर्दै गण्डकी प्रदेश
बुधबार, चैत २०, २०८१
आज विश्व अटिजम जागरुकता दिवस २०२५ः अटिजम भएका व्यक्तिहरुको अधिकार र सम्मान
बुधबार, चैत २०, २०८१
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको शव परिवारलाई हस्तान्तरण, गोली लागेको पुष्टि
मंगलबार, चैत १९, २०८१