
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानको उपकुलपति डा. मङ्गल रावलको सिफारिसमा तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति शेरबहादुर तामाङले गएको असार ३ गते चन्दननाथ नगरपालिका–७ जुम्लाका महतलाई रजिष्ट्रारमा नियुक्त गर्नुभएको हो ।
व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका महतले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर संस्थाको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्ण जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।
जेठ १६ गते निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षीय कार्यकाल सकिएपछि उक्त पद खाली थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
