Logo
|
Sunday 19th January 2025
Logo

epaper

भारतमा तेस्रो लहरको संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी, देशभर ५० हजार नयाँ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा भारतमा कोरोना संक्रमणका कारण थप १२ सय ४८ जनाको मृत्यु भएको छ ।

हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा नयाँ प्रजातीको डेल्टा भाइरसको संक्रमण बढ्दै गएको हुनाले सतर्क रहनका लागि त्यहाँको सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्