Logo
|
Saturday 24th July 2021
E-paper Magazine

शनिबार ३,०६६ जना संक्रमणमुक्त, २,३२८ संक्रमित, १९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार २ हजार ३ सय २८ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ५ हजार ८ सय ३७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिरबा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । १९ जनाको मृत्यु भएको छ । हाल कोभिड सक्रिय संक्रमितहरुको संख्या २७ हजार ७ सय १६ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्