Logo
|
Thursday 25th April 2024
Logo

epaper

जनस्वास्थ्यका मापदण्डको पालनामा हेलचेक्र्याइँ, फेरि जोखिम बढ्न सक्ने विज्ञको चेतावनी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा जनस्वास्थ्यका मापदण्डको पालनामा कमी आएको छ ।

बजारमा समेत मानिसहरु निर्धक्क भएर हिँड्न थालेका छन् । सरकारले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न र सेनिटाइजर प्रयोग गर्न सुझाव दिँदै आएको छ ।

तर सरकारले दिएका सुझावको पूर्णरुपमा पालना हुन सकेको छैन । यसले संक्रमण दर पुनः बढाउन सक्ने सम्भावना देखिएको विज्ञहरु बताउँछन् ।

सबै नागरिकलाई खोप नलगाएसम्म सरकारले जनस्वास्थ्यका मापदण्डको पालनालाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र पटकपटक साबुनपानीले हात धुने गरे कोरोना संक्रमण फैलिन पाउँदैन ।

तर अहिले जनस्वास्थ्यका मापदण्डको पालनामा केही हेलचेक्र्याइँ हुने गरेको पाइन्छ । योसँगै विभिन्न ठाउँमा जमघटसमेत हुन थालेका छन् । यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्