Logo
|
Thursday 5th August 2021
E-paper Magazine

देशभर १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार ८ सय ७६ जनाको आरटी पिसिआर र ३ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट गरेर जम्मा ८ हजार १ सय ३३ जनाको परीक्षण गरिएको थियो। त्यस्तै २ हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

काठमाडौं उपत्यकाभित्र मात्र ४ सय ६१ जनामा संक्रमण पुष्टी भएको छ। काठमाडौंमा ३ सय ४२ जना, ललितपुर, ८८ जना र भक्तपुरमा ३१ जना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा संक्रमण भएका २७ जनाको मृत्यु भएको छ।

देशभर अहिलेसम्म ३५ लाख ७२ हजार ७ सय ९० जना कोरोना परीक्षण गरिएको छ। जसमा ६ लाख ८२ हजार ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्