जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो ।
यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । चिनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ ।
यस्तै साउन १ गते र ८ गते थप दुई खेप खोप काठमाडौं भित्रिनेछ । स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ ।
यसअनुसार तीन खेपमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई उडान हुनेछन् ।
प्रकाशित मिति: सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
