Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

‘कोरोना विरुद्धको खोप वितरणमा समानता होस’



जनस्वास्थ्य सरोकार । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ ।

उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयो ।

अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा उहाँको जोड छ ।

एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो-‘यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।’ एएफपी

प्रतिक्रिया दिनुहोस्