Logo
|
Friday 31st March 2023
Logo

epaper

मंगलबार झण्डै ८३ हजार जनाले लगाएको भेरोसेलको दोस्रो मात्रा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंगलबार देशभर झण्डै ८३ हजार जनाले कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ४१ जिल्लाका खोप केन्द्रबाट ८२ हजार ९२४ जनाले खोप लगाएका छन् ।

काठमाडौँका १० पालिकामा मात्रै ३२ हजार १४ जनाले खोप लिएको स्वास्थ्य कार्यलय काठमाडौँले जनाएको छ।

गत २५ जेठ देखि पहिलो मात्रा खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो मात्रा लिएर दोस्रो लगाउन छुटेकाहरुलाई मंगलबारबाट खोप दिन थालिएको हो ।

महाशाखाले दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्