Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतमा थपिए ४३ हजार कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार । भारतमा थप ४३ हजार ७३३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। सोहि अवधिमा ४७ हजार २४० जना संक्रमण मुक्त भएका छन्। भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५९ हजार ९२० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ९३० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४ लाख ४ हजार २११ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्