Logo
|
Thursday 28th March 2024
Logo

epaper

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ।

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो।

पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्