Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर २ हजार ९७९ जनामा संक्रमण, २८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ७ हजार ८३५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा र ४ हजार ६३ जनाको एन्टीजेन गर्दा ९०२ जनामा गरी जम्मा २ हजार ९९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा ५ सय ४३ जना संक्रमित थपिएका छन । त्यसमध्ये भक्तपुरमा ६७ जना, ललितपुरमा ८६ जना र काठमाडौँमा ३९० जनामा संक्रमण पुष्टि भएको छ ।
सोहि अवधिमा १ हजार ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो चौबिस घण्टामा जनाको कोरोनाबाट २८ जनाको दुखद निधन भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ जना रहेको छ । त्यसमध्ये २ हजार ७८८ जना संस्थागत आइसोलेशनमा छन् । ती मध्ये ५८८ जना आइसियूमा उपचाररत छन भने १६१ जना भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । त्यस्तै ३२३ जना क्वारेन्टीनमा छन् ।

प्रतिक्रिया दिनुहोस्