Logo
|
Thursday 18th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । हालसम्म कोरोना संक्रमणबाट विश्वभर ४० लाख १७ हजार ८९० जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी ६ लाख २१ हजार ८७३ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमणबाट ४ लाख ५ हजार ५७ जनाले ज्यान गुमाइसकेका छन ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्काका अनुसार विश्वभर अहिलेसम्म साढे १८ करोड भन्दा बढी मानिसमा कोभिड संक्रमण भइसकेको छ ।

भारतमा अहिलेसम्म ३ करोड भन्दा बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म ३ अर्ब ३२ करोड मानिसलाई कोभिडविरुद्धको खोप दिइसकेको बीबीसीले जनाएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ५० हजार १ सय ६२ जनामा कोभिड संक्रमण हुँदा ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ । ६ लाख १४ हजार ४ सय २७ जना संक्रमणमुक्त हुँदा आइसोलेसनमा २६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्