Logo
|
Friday 19th April 2024
Logo

epaper

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जनामा र ५ हजार १३० जनाको एन्टीजेन गर्दा ६५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा ४ सय २७ जना संक्रमित थपिएका छन । त्यसमध्ये भक्तपुरमा ५८ जना, ललितपुरमा ८२ जना र काठमाडौँमा २८७ जनामा संक्रमण पुष्टि भएको छ ।
सोहि अवधिमा १ हजार २८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो चौबिस घण्टामा कोरोनाबाट २९ जनाको दुखद निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्