Logo
|
Friday 29th March 2024
Logo

epaper

आठ लाख डोज ‘भेरोसेल’ खोप काठमाडौं आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनसँग खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट आठ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो । वाइडबडीले पहिलो चरणमा आठ लाख डोज खोप ल्याएको नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचनले जानकारी दिनुभयो ।

नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको हो । त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो ।

त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ ।

आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्