Logo
|
Friday 19th April 2024
Logo

epaper

मह र अदुवाको मिश्रण स्वास्थ्यका लागि लाभदायी, जानौँ !



जनस्वास्थ्य सरोकार । प्राचीन समय देखिनै मह र अदुवालाई शरीरका रोगहरु निको बनाउन प्रयोग गरिँदै आएको छ । अदुवा र मह प्रायः सबैको घरमा सहजै उपलब्ध हुन्छ । यसको सेवनले रुघा, खोकी, घाँटी दुख्ने, चिसो लाग्ने, लो ब्लडप्रेस लगायतका समस्या निको हुन्छ । अदुवामा पाइने जिंजरोल कम्पाउन्ड र महमा पाइने एन्टीअक्सिडेन्टले हाम्रो शरीरका भएका कैयौं रोगहरु निदान गर्न मद्धत पुर्याउँछ । पुर्वजको पाला देखिनै अदुवा र महलाई घरेलु उपचारका रुपमा प्रयोग गरिँदै आएको छ ।

चिसो र खोकीमा लाभदायी

मौसम परिवर्तनसँगै रुघाखोकी लाग्ने, चिसो लाग्ने जस्ता समस्या देखापर्न थाल्छ । अदुवा र मह यस्ता समस्या हटाउन प्रभावकारी मानिन्छ । आयुर्वेदाचार्यका अनुसार खोकी लाग्दा अदुवा र महको मिश्रणलाई तातो बनाएर सेवन गर्दा फाइदा मिल्छ । यसले साना बच्चा देखि बुढा सबै उमेरसमुलाई फाइदा गर्छ । यसले कफको समस्या पनि निको बनाउँछ ।

दमका बिरामीलाई लाभदायी
अदुवा र महको मिश्रण दम रोगीलाई पनि फाइदाजनक मानिन्छ । अदुवाको जुसमा मह मिसाएर सेवन गरे दमको समस्या कम हुने बताइन्छ । यसले स्वासप्रश्वास प्रणालीलाई सुधार गर्दछ । यसका साथै अदुवा र महले फोक्सोलाई बलियो बनाउँछ । त्यसकारण स्वासप्रश्वास सम्बन्धी समस्या कम देखिन्छन ।

रक्तचाप नियन्त्रण
लो ब्लडप्रेस (कम रक्तचाप) भएका व्यक्तिका लागि अदुवा र महको मिश्रण लाभदायक मानिन्छ । अदुवा र महलाई तातो पारेर सेवन गर्दा रगतभित्रको चिसोपनामा कमी आउँछ । यसले रक्तचापलाई नियन्त्रण राख्न मद्धत पुर्याउँछ ।

बान्ता र एलर्जी हुँदा लाभदायी

यदि तपाईंलाई एक्कासी बान्ता हुन थाल्यो भने अदुवा र मह सेवन गर्न सक्नुहुनेछ । यसले तपाईंको मुखको स्वाद सुधार गर्दछ र बान्ता आउन रोक्छ । त्यसैगरी यदि कसैलाई धुलोको एलर्जी (डस्ट एलर्जी) छ भने अदुवा र महको सेवानले फाइदा पुर्याउँछ । बिहान र बेलुका अदुवाको जुसमा मह मिसाएर पिउँदा एलर्जीको समस्या कम हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
अदुवा र महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । । यसमा पाइने एन्टीअक्सिडेन्ट रोगबाट टाढा राख्न मद्धत पुर्याउछ । साथै प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । यसको जथाभावी सेवन गर्दा यसले फाइदा होइन उल्टै शरीरलाई हानी पुर्याउन सक्छ ।

पाचन प्रणाली सुधार
अपच, कब्जियत जस्ता समस्या भएका व्यक्तिले अदुवा र मह सेवन गर्दा फाइदा मिल्छ । हरेक दिन एक चम्दा अदुवाको रस र मह सेवन गर्दा यसमा पाइने एन्टीअक्सिडेन्ट र गुड व्याक्टेरियाले पाचन प्रणालीलाई चुस्त बनाउँछ ।

घाँटी दुख्ने समस्यामा लाभदायी
मौसम परिवर्तनले घाँटी दुख्ने, बोल्न गाह्रो हुने, घाँटी खसखस हुने जस्ता समस्या देखिन सक्छन् । अदुवा र महले पनि घाँटी दुख्ने समस्या निको बनाउँछ । यसलाई धेरै औषधिको रुपमा प्रयोग गरिन्छ । यसको सेवानले शरीरलाई स्मुथ बनाउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्