
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । १ वर्षदेखि डिप्रेशनको औषधी खादै आएकी कुँवरले आफु बस्दै आएको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार साँझ ९ बजे भुण्डिएर आत्महत्या गरेकी हुन ।
अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान मनबहादुरसँग बस्दै आएकी जेनीले भान्सा कोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनले विगत १ वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दे आएकी थिइन् ।
पछिल्लो समयमा पशुपतिमा धेरै समय बिताउदै आएकी कुँवरले धेरै फिल्ममा अभिनय गरेकी छिन् । जेनीले मैदान, जीननदाता, धुम, मिस्टर डन, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, लगायतमा काम गरेकी छिन् । तर, पछिल्लो समयमा भने उनी फिल्म क्षेत्रबाट टाढा थिइन् ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
