
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्नुभएको हो ।
अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा. जागेश्वर गौतमले कोभिड १९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले आइसियु, एचडियु र जनरल गरि ५ सय बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी दिनुभयो ।
यस्तै डा. गौतमले २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आइसीयूलाई २०० बेड र १५ बेडको डायलाइसिसलाई १०० बेडमा स्तरोन्नती गर्ने, दैनिक ७५ वटा सर्जरी र मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
