Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा थप १८३१ जनामा संक्रमण, २० जनाको मृत्यु

५ जनाको परीक्षण गर्दा १ जना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३५ जना पिअिसार परीक्षण गर्दा १ हजार २३७ र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा परीक्षण गराएकामध्ये २२. ३ प्रतिशतमा संक्रमण देखिएको छ । अर्थात ५ जनाको परीक्षण गर्दा एक जना संक्रमित पुष्टि भइरहेका छन्।

नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएको छ ।

आज देशभर एक हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन।

संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्