Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ५० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, बगदाद । इराकको एक कोरोना भाइरस (कोभिड—१९) अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागीमा परी कम्तिमा पनि ५० जनाको मृत्यु भएको हो । हाल आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

पछि निर्माण भएको अस्पतालको नयाँ वार्डमा आगजनी भएको थियो । सो वार्डमा ७० शय्या भएको र तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्सकहरूले जनाएका छन् । आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिस थिए। मृतक बिरामीका आफन्तले अस्पतालको लापर्वाहीले घटना घटेको बताएका छन् । उनीहरुले अस्पताल भवन बाहिर प्रदर्शन गरेको र प्रहरीसँग झडप हुँदा दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको रोयटर्सले जनाएको छ।

आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर खास कारण आउन बाँकी छ । इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्