Logo
|
Saturday 20th April 2024
Logo

epaper

जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने

दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउने



जनस्वास्थ्य सरोकार, काठमाडौं । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिने काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । जापानले दिने प्रतिबद्धता जनाएको उक्त परिमाणको खोप नेपाल ल्याउने तयारी भैरहेको जनाइएको छ ।

जापानबाट अस्ट्राजेनेका खोप आएमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।

जापानले मंगलबार नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट ११ मिलियन डोज दिने जनाएको थियो । सोही हिस्साबाट नेपालले खोप प्राप्त गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्