Logo
|
Thursday 25th April 2024
Logo

epaper

२ हजार ९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ। सोहि अवधिमा १ हजार ७७५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्