Logo
|
Thursday 18th April 2024
Logo

epaper

के गर्भवती महिलाले पिज्जा खान मिल्छ ? के भन्छन विज्ञ



जनस्वास्थ्य सरोकार । पिज्जा लवर्सको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पिज्जा खानाका परिकार मध्ये सबैको प्रिय परिकार हो । बच्चा देखि बुढा सबै उमेरसमुहलाई पिज्जा मनपर्छ । तर पिज्जा एक प्रकारको जंक फुड हो । यसले तपाईंको स्वास्थ्यलाई हानी पुर्याउन सक्छ । विशेषगरी गर्भवती महिलाहरुले पिज्जा सेवन गर्नु जोखिमपुर्ण मानिन्छ ।

गर्भवती महिलाले पिज्जा खान मिल्छ?
लखनउ वेलनेस क्लिनिकका डाइटिसियन डा. स्मिता सिंह प्रेग्नेन्सीमा पिज्जा सेवन स्वास्थ्यका लागि हानिकारक हुने बताउनुहुन्छ । पिज्जामा प्रयोग हुने चीज, फ्रोजन टपिङ, पिज्जा बेस र पिज्जामा प्रयोग हुने सस स्वास्थ्यका लागि राम्रो मानिदैँन । त्यसकारण गर्भवती महिलाले पिज्जा सेवनलाई पुर्णरुपमा वेवास्ता गर्नुपर्छ ।

गर्भावस्थामा पिज्जा सेवानले मुखको स्वादलाई शान्त पार्न सक्ला तर तपाईको शरीर र बच्चा दुबैलाई नोक्सान पुर्याउन सक्छ । पिज्जा जंग फुटको क्याटगोरीमा पर्ने भएकाले गर्भवती महिलाले मात्र नभइ सबैले व्यवास्ता गर्नुपर्ने डा. सिंहको भनाइ छ ।



गर्भावस्थामा पिज्जा खानुका बेफाइदा
हामी पिज्जा प्रायजसो रेस्टुरेन्टबाटै अर्डर गरेर खान्छौँ । तपाईंलाई थाहा नहुन सक्छ पिज्जामा प्रयोग गरिने डो (मुछेको पिठो) लामो समयसम्म फ्रिजमा राखेको हुनसक्छ । यसरी लामो समयसम्म फ्रिजमा राखेका पिठोबाट बनेको पिज्जा खाँदा पेट दुख्ने, उल्टी हुने, अपच हुने जस्ता समस्याहरु देखिन देखिन सक्ने डा सिंह बताउनुहुन्छ । उहाँका अनुसार गर्भावस्थामा अस्वस्थकर खानपानले पेट भित्रको बच्चालाई प्रत्यक्ष असर पर्न जान्छ ।

डा सिंह भन्नुहुन्छ-‘यदि तपाईं कच्चा वा राम्ररी नपकाएको पिज्जा वा नन् भेज पिज्जा खानुहुन्छ भने तपाईं टोक्सोप्लाज्मोसिस हुनसक्छ । यो एक प्रकारको परजीवीको कारण हुने संक्रमण हो । यो संक्रमण गर्भवस्थाको सुरुवाती समयमा भयो भने गम्भिर समस्या निम्त्याउन सक्छ ।’

पिज्जाको टपिङमा धेरै प्रकारका सस र चीजहरु प्रयोग गरिन्छन । जसमा धेरै स्याचुरेटेड फ्याट पाइन्छ । यसले मुटु स्वास्थ्यलाई हानी पुर्याउँछ । साथै गर्भावस्थामा स्याचुरेटेड फ्याट बढी मात्रामा प्रयोग गरेको खण्डमा जेस्टेशनल डाइबिटिजको समस्या निम्तिन सक्छ । त्यस्तै, पिज्जामा क्यालोरीको मात्रा धेरै हुन्छ । त्यसकारले प्रग्नेन्सीमा धेरै क्यालोरी सेवनले तौल बढ्न सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्