Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर २,७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्‍यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षण गर्दा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमित मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ६६१ पुगेको छ । त्यसैगरि १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्