जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार निर्णय भएको बताउँदै खोप लगाउन ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो ।
उहाँका अनुसार दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्नेछन् । सर्वसाधारणले https://vaccine.mohp.gov.np गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

धनुषामा बिहेभोजको खाजापछि सयभन्दा बढी व्यक्ति बिरामी
मंगलबार, वैशाख ३०, २०८२
आर्थिक अभावले नेपालमा औषधि अन-साइट परीक्षण योजना ठप्प
मंगलबार, वैशाख ३०, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न पदका लागि रोजगारी खुला
मंगलबार, वैशाख ३०, २०८२
रौतहटमा चिकित्सक संघको नयाँ समिति गठन
सोमबार, वैशाख २९, २०८२
दिन बित्छ, तर भित्रको अँध्यारो घट्दैन ? यत्रो पीडा किन ? उत्तर तपाईंको शरीरमै छ
सोमबार, वैशाख २९, २०८२ट्रेन्डिङ