Logo
|
Saturday 20th April 2024
Logo

epaper

विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाका यी दुइ अस्पतालमा खोप लगाउन पाउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन छुट्टै खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीहरुका लागि कोभिड विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकाका दुई अस्पताललाई खोप केन्द्र तोकेको हो ।
मन्त्रालयका अनुसार विदेश जाने श्रमिक र विद्यार्थीले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर भेरोसेल खोप लगाउन सक्नेछन ।
खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्