जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ९५ सय ५५ नमूना र एन्टिजेन विधिबाट ४६ सय ८७ नमूनाको परीक्षण गराउँदा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २३ सय ३५ नमूनाको पीसीआरबाट र १ हजार ३० नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घन्टामा १३ सय ७३ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोनाबाट बिहीबार थप १६ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
