Logo
|
Friday 17th September 2021
E-paper Magazine

कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखबाट प्रा.डा. गौतमलाई हटाइयो

प्रा.डा. गौतमको ठाउँमा डा. रुद्र मरासैनी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा. डा. जागेश्वर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी पदबाट हटाएको छ ।

डा.गौतमलाई मन्त्रीस्तरीय निर्णयका आधारमा थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको बताइएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहनुभएका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्