जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप तीन हजार १२५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ६२ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु संख्या ९ हजार ८९८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना संक्रमणमुक्त भएका छन । हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म पहिलो मात्रा ४१ लाख ६३ हजार २५१ र पूर्ण मात्रा २० लाख २११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
