जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतम लगायत चार जना स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न निर्देशन दिनुभएको छ ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहसचिवको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरी उहाँको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई सरुवा गर्नुभएको थियो । त्यसैगरी स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई सरुवा गर्नुभएको थियो ।
११ औँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले सरुवा तत्काल रोक्न निर्देशन दिइएको बताइएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
