Logo
|
Friday 17th September 2021
E-paper Magazine

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेत, डा. गौतमको सरुवा प्रसुति गृहमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाले प्रा.डा. जागेश्वर गौतमको सरुवालाई सदर गर्दै उहाँको ठाउँमा डा. बस्नेतलाई नियुक्त गर्नुभएको हो ।

डा. गौतमको सरुवा प्रसुती तथा स्त्रीरोग अस्पतालमा भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाउनुभएको थियो । तर अहिले डा. भुपेन्द्रलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्