
जनस्वास्थ्य सरोकार, मुस्ताङ । मुस्ताङमा पनि १८ वर्ष माथिका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
योसँगै मुस्ताङ १८ वर्ष भन्दा माथिका सबै नागरिकले खोप लगाउने दोस्रो जिल्ला बनेको छ । यसअघि मनाङले १८ वर्ष माथिका सबैलाई कोरोना खोप लगाइसकेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप लगाइएको छ ।
मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय १३ नागरिकलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको सङ्ख्या ९ हजार ५१३ रहेको छ ।
मुस्ताङमा ६ हजार ७ सय २१ जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका हुन् भने, ३२० जनाले भेरोसेल खोपको पूर्ण डोज लगाएका हुन् । त्यसैगरी २ हजार ४ सय ७२ जनाले कोभिशिल्ड खोपको पूर्ण डोज लगाएका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
