Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, ३७२९ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौंँ । आज देशभर कोरोना भाइरसबाट ३ हजार ७ सय २९ जना सङ्क्रमित भएका छन् । 

९ हजार ४ सय ९३ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ४ सय ३० जना तथा ६ हजार १ सय ८२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ९९ जना गरी जम्मा ३ हजार ७ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा १ हजार ८ सय ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ६५ हजार ५ सय ४८ जना निको भएको मन्त्रालयले जनाएको छ ।  

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ । 

देशभरि आज कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार १९ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३४ हजार ९ सय ४२ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ७ सय ३२ जनाले आइसियु र १ सय ५८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्