कोभिशिल्डको पहिलो मात्र लगाएकालाई भोलिदेखि दोस्रो डोज
काठमाडौँमा १४४ खोप केन्द्र
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई सोमबार (भोलिदेखि) दोस्रो मात्रा दिइने भएको छ ।
कोभिशिल्डको पहिलो डोज लगाएकालाई भोलिदेखि एस्ट्राजेनेका खोप दिइने छ ।
खोपका लागि काठमाडौँमा १४४ केन्द्र तोकिएको छ ।