Logo
|
Thursday 18th April 2024
Logo

epaper

२ दिनको अवधिमा १ लाख २२ हजार भन्दा बढीले लगाए भेरोसेलको दोस्रो डोज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा २ दिनको अवधिमा कोरोना बिरुद्धको खोप भेरोसेल १ लाख २२ हजार ३५६ जनाले लगाएका छन् ।

खोप अभियान अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार शुक्रबार ६८ हजार १३ जना र शनिबार ५४ हजार ३४३ जना गरी १ लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा भेरोसेल खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यलय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले दुइ दिनमा कुल लक्ष्यको ७४.१६ प्रतिशत खोप लगाएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यलय काठमाडौँले आइतबार पनि जिल्लाका सबै केन्द्रमा खोप निरन्तर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्