Logo
|
Friday 19th April 2024
Logo

epaper

जापानबाट आइपुग्यो तीन लाख डोज खोप

बाँकी खोप एक हप्तापछि आउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जापान सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो ।
जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजो शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्