Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर २,५४८ जनामा संक्रमण, २०२९ निको, ५५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ। देशभर २,५४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,३७८ जनामा परीक्षण गर्दा २,५४८ जनामा संक्रमणको पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय कारोना संक्रमितको संख्या ३५,४८५ भएको छ । पछिल्लो २४ घण्टामा २०२९ जना निको भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सघन उपचार कक्षामा ८०२ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा १८१ जनाको उपचार चलिरहेको छ ।

संक्रमित मध्य ३१,९६३ जना होम आइसोलेसनमा र ३५२२ जना संस्थागत आइसोलसनमा छन् । ४७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्