जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो टेष्टट्युब बेबी ओममणि तमाङ इन्जिनियर बन्ने उद्देश्यका साथ काठमाडौंको बालकुमारीस्थित क्यापिटल कलेज अफ रिसर्च सेन्टर (सिसिआरसी) मा कक्षा ११ मा भर्ना भएका छन् । उनले साइन्स विषय (फिजिक्स) लिएर अध्ययन गर्दैछन् ।

सेन्ट जेभियर्स स्कुलबाट उनी यस वर्ष (२०७८) को इसईई परीक्षामा सामेल भएका थिए । उनले ए पोजिसन ल्याएका छन् । बिद्यालयले लिएको दोस्रो र फाइनल टर्म दुवै परीक्षामा कोभिड संक्रमित भएका कारण सामेल हुन नसकेकाले सोचेजस्तो नम्बर प्राप्त नभएको ओमणिकी आमा सन्ध्या तमाङले बताउनुभयो ।
नेपालमा २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभिएफ सेन्टरबाट बुबा राजेन्द्र तमाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेष्टट्युब बेबीका रुपमा ओमणिको जन्म भएको थियो । हाल उनी १७ वर्ष पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
