Logo
|
Thursday 28th March 2024
Logo

epaper

खोप लगाएका बेलायती वयस्कमा ९० देखि ९४ प्रतिशत रोगसँग लड्ने क्षमता विकास



जनस्वास्थ्य सरोकार । बेलायतका वैज्ञानिकहरुले निकै संक्रामक मानिएको डेल्टा भाइरस कोरोनाविरुद्धको खोप र स्वास्थ्यका मापदण्ड अपनाएमा कम हुने वैज्ञानिक तथा चिकित्सकले विश्वास व्यक्त गरेका छन् । पहिलो र दोस्रो डोज खोप पाएका बेलायती वयस्कमा ९० देखि ९४ प्रतिशत रोगसँग लड्ने क्षमता विकास भएको उनीहरुको दाबी छ । 

 खोप कार्यक्रमले अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्यु हुने सम्भावना कम गरेको छ । यस्तै अस्पतालमा बिरामी भर्ना हुनेको संख्या पनि ओरोलो लाग्दै गरेको देखिएको बताइएको छ । गत जनवरीमा दैनिक ४ हजार २ सय जना बिरामी भर्ना हुने गरेकामा हाल साढे सात सयको हाराहारी मात्रै भर्ना हुनेको गरेको देखिन्छ । 

यस्तै मृत्युदर पनि घटेको बताइएको छ । गत जनवरीमा दैनिक १२ सयको मृत्यु हुने गरेकोमा हाल ९० जनाको हाराहारीमा मृत्यु भइरहेको तथ्याङ्क छ । बेलायतका लगभग ९० प्रतिशत ज्येष्ठ नागरिकहरुले खोपको पहिलो डोज लगाइसकेका छन् भने ७५ प्रतिशतले दुवै मात्राको खोप पाएका छन् । त्यसैगरी ८९ प्रतिशत वयस्कले पहिलो डोजको खोप पाएका छन् भने ७५ प्रतिशतले दोस्रो डोजको खोप पाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्