Logo
|
Thursday 28th March 2024
Logo

epaper

खोपपछि मात्र कक्षा १२ को परीक्षा सञ्चालन गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले खोप लगाएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी गरेको जनारकारी दिनुभयो ।

तीन लाख ७४ हजार जना विद्यार्थी मध्ये अधिंकाशलाई खोप दिने तयारी छ । १८ बर्ष उमेर नपुगेका ८४५ जना विद्यार्थीलाई भने खोप लगाइने छैन ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको तथा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ ।

देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीनरचार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एकरदुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप लगाउने प्रबन्ध मिलाइने छ । कक्षा १२ का सबै विद्यार्थीको प्रवेशपत्र विद्यालयमा उपलब्ध गराइसकेकाले यसमा थप कुनै समस्या नहुने बोर्डको बुझाई छ ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्