Logo
|
Thursday 25th April 2024
Logo

epaper

खानु भयो त क्वाँटीको सुप ? (क्वाटी सुप बनाउने विधी सहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । जनैपूर्णिमामा नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खाने चलन छ । यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि पकाइन्छ।

मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ।

क्वाँटी एक प्रकारको हिन्दु धर्मावलम्बिहरुले हिन्दु परम्परा अनुसार मनाईने पर्व जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो । भिन्दा भिन्दै चाडपर्वको भिन्दा भिन्दै परिकारहरु छन्। यो झोल खानेकुरा हो अर्थात टुसा उम्रिएको गेडागुडीको सुप हो।

क्वाँटीले स्वास्थ्यमा पार्ने फाइदा

(कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो।

– मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।

– यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

– यो सजिलै पाच्य हुन्छ ।

– पेटमा अनावश्यक वायु बनाउँदैन ।

– क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

– रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।

– पाचनशक्तिमा सुधार ल्याउँछ।

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

मिठो स्वादको क्वाटी सुप बनाउने विधी

क्वाँटी सुप आवश्यक सामग्री

डेढ कप टुसाएको गेडागुडी, दुई चियाचम्चा पिसेको अदुवा र लसुन, दुईवटा हरियो खुर्सानी, एक मुठो धनियाँ, दुई चियाचम्चा तोरीको तेल, एक चियाचम्चा ज्वानो । आधा चियाचम्चा जिरा र धनियाँको धुलो, एउटा प्याज, गोलभेँडा, आधा चियाचम्चा बेसार, स्वादअनुसार नुन ।

विधि

पहिले प्रेसरकुकरमा तेल तताउनुस् । त्यसमा ज्वानो फुराउनुस् अनि पिसेको अदुवा र लसुन राखेर भुट्नुस् । त्यसपछि काटेको प्याज र गेडागुडी राख्नुहोस् । त्यसलाई पूर्ण रूपमा भुटेपछि सम्पूर्ण मसला र पानी राखिदिनुस् । पानी उम्लन थालेपछि प्रेसरको ढक्कन लगाइदिनुस् ।

त्यसपछि मन्द आगोमा पाक्न दिनुपर्छ । तीन वा चार सिठी लागेपछि त्यसलाई निकाल्नुस् र धनियाँ राख्नुहोस् । क्वाँटीमा खसीको मासुको मिश्रण गराएर पनि सेवन गर्न सकिन्छ । यस्तो सुप स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
wechat sharing button
print sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस्