जनस्वास्थ्य सरोकार, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिनुभएको हो ।
कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।
त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड खोप दिन सकिने बताउनुहुँदै बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने जानकारी समेत दिनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
