Logo
|
Wednesday 24th April 2024
Logo

epaper

क्रियटर्स आईभिएफ नेपाल छैटौं वर्षमा प्रवेश



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सात दोवाटोस्थित निःसन्तान दम्पत्तिहरुको उपचारमा संलग्न क्रियटर्स आईभिएफ नेपाल छैटौं वर्षमा प्रवेश गरेको छ ।

सो अवधिमा संस्थाले ४ हजार निःसन्तान दम्पत्तिहरुको उपचार गर्न सफल भएको छ । त्यसमा ७६८ आईभिएफ साइकल गरिसकेको र ३३९ आईभिएफ बच्चाहरुलाई जन्म दिन सफल भएको क्रियटर्स आईभिएफ नेपालको छैटौ बार्षिकोत्सव तथा कर्मचारी सम्मान समारोहमा जानकारी दिइएको हो ।


क्रियटर्स आईभिएफ नेपाल २६ अगष्ट २०१५ मा वरिष्ठ प्रजनन एवं आईभिएफ स्पेशलिष्ट डा. सानुमैया श्रेष्ठ (प्रधान) ले स्थापना गर्नुभएको थियो ।
‘दिन बितेको थाहा नै नहुने रहेछ । इतिहासलाई झलक्क सम्झदा मेरो मानसपटलमा २६ अगष्ट २०१५ रमाइलो क्षणका रुपमा आउँछ । स्वतन्त्र आईभिएफ सेन्टर शुरु गर्ने एउटा सपना थियो । जुन मैले अष्ट्रेलियामा पढ्दा बुनेको थिएँ—क्रियटर्स आईभिएफ नेपालकी अध्यक्ष डा. सानुमैया श्रेष्ठले भन्नुभयो—आईभिएफ सेन्टर चलाउन आवश्यक जनशक्ति जस्तैः इम्ब्रियोलोजिष्ट, आईभिएफ क्लिनिकल नर्स, क्लिनिकल सपोर्ट स्टाफ तयार पार्न लगभग एक दशक लाग्यो ।’

‘सन् २००४ मा म अष्ट्रेलियाबाट नेपाल फर्केको दिनदेखि नै मेरो सोचाइमा एउटा आईभिएफ युनिट (जुन अष्ट्रेलियामा अनुभव गरेको थिएँ) शुरु गर्न मन थियो । आज त्यो सपना साकार भएको छ ।’


निकै भावुक हुँदै डा. श्रेष्ठले अष्ट्रेलियामा देखेको र सिकेको उपचार पद्धति तथा आईभिएफ युनिट व्यवस्थापनसँग थोरै मिल्दोजुल्दो आजको क्रियटर्स आईभिएफ नेपाललाई अगाडि बढाउन पाउँदा आफू निकै हर्ष विभोर भएको बताउनुभयो । उहाँले भन्नुभयो—‘यस संस्थाको स्थापनाकालदेखि नै अझ भन्नुपर्दा त्यसभन्दा पनि अगाडिदेखि नै यस क्षेत्रमा सँगै काम गर्दै आएका मेरा कनिष्ट मित्रहरुसँग एउटै परिवार जस्तो हालसम्म सँगै काम गरिरहन पाउँदा मलाई सन्तोषको अनुभुति भइरहेको छ । उहाँहरुप्रति अत्यन्त आभारी छु ।’

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) त्रिवेनी मानसिंह प्रधानले क्रियटर्स आईभिएफ नेपालबाट गुणस्तरीय सेवा प्राप्त हुने कुरामा ढुक्क हुन निःसन्तान दम्पत्तिहरुलाई आग्रह गर्नुभयो ।


संस्थाका वोर्ड सदस्य रनिस लाल श्रेष्ठले संस्थाको व्यवस्थापन पक्ष र क्लिनिकल पक्षको समायोजनबाट निःसन्तान महिलाहरुको कोख भर्न सफल भएकोमा डा. सानुमैयालगयातका सम्पूर्ण नर्स, स्टाफहरुलाई धन्यवाद दिनुभयो । सो अवसरमा ५ वर्षसम्म निरन्तर कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै छैटौं बार्षिकोत्सवका अवसरमा स्पेशल अनुअल जर्नल लोकर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्