Logo
|
Friday 19th April 2024
Logo

epaper

अलविदा! जनगायक जेबी टुहुरे



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको उपचारका क्रममा बिहीबार दिउँसो करिब १ बजे बयोधा अस्पतालमा निधन भएको हो ।

मङ्गलबार घरमा एक्कसि लड्नुभएपछि उपचारका लागि उहाँलाई वयोधा अस्पताल लगिएको थियो । जनसांस्कृतिक सहासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएको टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी हुनुहुन्थ्यो ।

उहाले वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा जन्म लिनुभएको थियो ।


२०२१ सालमा पिताको निधन भएपछि उहाँले आफ्नो नामको पछाडि टुहुरे जोड्नुभएको थियो । उहाँको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उहाँले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गर्नुभएको थियो ।

जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्