Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रसूति गृहमै ३५ प्रतिशत सिजरिन



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारी अस्पतालमा पनि सिजरिन विधिबाट प्रसूति गराउने क्रम बढेको छ । परोपकार तथा स्त्री रोग अस्पतालमै ३५ प्रसूति सिजरिन विधिबाट गराएको पाइएको हो ।

महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार प्रसूति गृहले आर्थिक वर्ष २०७६र ७७ मा २२ हजार ४ सय ६१ जनालाई प्रसूति गराएको थियो । तीमध्ये ५३ दशमलव ६ प्रतिशतलाई सामान्य र ४६ दशमलव ३ प्रतिशतलाई असामान्य प्रसूति गराइएको हो ।

३५ दशमलव ३ प्रतिशतलाई सिजरिन विधिबाट प्रसूति गराइएको प्रतिवेदनमा उल्लेख छ । यो विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २० प्रतिशत बढी हो ।


तीन वर्षको तथ्यांकले सिजरिन विधिबाट प्रसूति गराउने क्रम बढेको देखाएको छ । आर्थिक वर्ष २०७४ र ७५ मा प्रसूति गृहमा २९ दशमलव ४ र २०७५र७६ मा ३३ प्रतिशतलाई सिजरिन विधिबाट प्रसूति गराइएको थियो ।

विश्व स्वास्थ्य संगठनले बढीमा १५ प्रतिशतसम्मको सिजरिनलाई आइडल दर भनेको छ । उसको अध्ययनले सिजरिन विधिबाट प्रसूति सेवा दिंदा आमा र बच्चामा अल्पकालीन तथा दीर्घकालीन असर पर्न सक्ने औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्