Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो, पछिल्लो आदेशमा के छ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ । यद्यपि निषेध शब्दलाई हटाएर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरेका छन् ।

ती आदेशहरु भोलीदेखि भदौ मसान्तसम्म लागू हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख । नयाँ अदेश अनुसार रेष्टुरेन्ट, होटेल लगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ ।

यद्यपि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने आदेश जारी गरिएको छ ।

गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी सँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।

पछिल्लो आदेशमा के छ ?
काठमाडौँ प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा समेटिएका बुँदा यस्ता छन्:

  • शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने। गर्नुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानमा रहेर स्थानीय तहहरूले सीसीएमसीसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्ने,
  • चाडपर्वहरू स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा गर्ने,
  • अनावश्यक मानिस जम्मा हुने, भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रामहोत्सव, भोज नगर्नेरनगराउने,
  • व्यक्ति, समूह तथा संस्थाबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर गर्न पाउने,
  • स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने,
  • सार्वजनिक तथा निजी निर्माण कार्यको लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने,
  • कोभिडको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टीजन तथा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्थाको प्रभावकारी पालना गराउने,
  • जिल्ला प्रशासन कार्यालयले कुनै पनि बेला अहिलेको व्यवस्था पुनरवलोकन हुनसक्ने भन्दै आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्