
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।
“एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उहाँले भन्नुभयो “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।”सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन् ।
खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म त्यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
